Logo

प्रमुख समाचार

अन्ततः एक करोड जितेका राजिव जैन यसरि बने लखपति !



को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ । प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् ।

यसो गर्दा उनको हातमा ७५ लाख मात्र पर्ने छ । जितेको रकम बाट विश्व भ्रमण गर्ने इच्छा राखेका जैनले २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सहि जवाफ दिँदै करोड बाजी मारेका थिए ।

यसैबीच ‘को बन्छ करोडपति’ कार्यक्रममा मोरङ विराटनगरका ४३ वर्षे राजीव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार प्रसारण भएको कार्यक्रममा जैनले १५ औं प्रश्नको रुपमा २००७ सालको प्रजातन्त्रपछिको ऐतिहासिक चुनाव कहिले गरिएको थियो ? भन्ने प्रश्नको सही उत्तर दिँदै १ करोड रुपैयाँ जितेका हुन् ।

नायक राजेश हमालले सञ्चालन गर्ने उक्त कार्यक्रममा १ करोड रुपैया जित्ने उनी पहिलो व्यक्ति हुन् । नेपालमा सञ्चालित पहिलो संकरणमा यस अगाडि ६ लाख ४० हजार मात्रै जित्न सफल भएका थिए ।

दिल्ली विश्वविद्यालबाट फ्याकल्टी अफ म्यानेजमेन्टमा सन् २००३ एमबीए सकाएर उनी अहिले काठमाडौंमा व्यापार गर्छन् । परिवारसँग विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।

क्रिकेट, फुटवल र क्विजमा रुची राख्ने उनी एसएलसीमा मोरङ जिल्ला टपरसमेत हुन् । नेपालमा आईए र बीबीएस पूरा गरेका उनी त्यसपछि दिल्ली गएका थिए ।

विराटनगरको अरनिको स्कुलबाट अध्ययन सुरु गरेका राजीवले जितेको १ करोड रुपैयाँ सामाजिक काम तथा स्वदेश तथा विदेशको भ्रमणमा खर्च गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।