Logo

राजनीति

गगन थापाले खोले संघीयताबारे प्रधानमन्त्री ओलीको पोल !



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्री को संज्ञा समेत दिएका छन् ।सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए ।

‘नेपालको इतिहासमा यो सर्वाधिक बलियो सरकार हो’ उनले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो । हामीसँग पटक–पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर ।’

थापाले चित्रबहादुर केसीलाई नेपालमा संघीयता चल्दैन भन्ने हक भएको तर प्रधानमन्त्रीलाई त्यो हक नभएको बताए ।
थापाले स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको पनि जिकिर गरे । केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी छ ।

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाए । नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाको टिप्पणी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।