Logo

अन्तर्राष्ट्रिय

जहाँ मृत्युपछि पनि राजीव गान्धीले चुनाव जितेका थिए



भारतस्थित उत्तर प्रदेशको अमेठी संसदीय क्षेत्र भारतीय सत्ताको यस्तो एउटा उपकेन्द्र हो जहाँको भेटको शक्तिले प्रधानमन्त्री जन्माएको छ । अमेठी, नेहरू–गान्धी परिवारको परम्परागत चुनाव क्षेत्र बन्दै आएको छ । यहाँको विरासत, गान्धी परिवारकै वरिपरि घुम्दै आएको छ । यसपाली अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धी चुनाव लडे । तर उठ्न सकेनन् । राहुललाई केन्द्रीय मन्त्री, टीभी कलाकार स्मृति ईरानीले पछारिन् ।

नेहरू गान्धी परिवारसँग जोडिएकै कारण पनि अमेठीसँग राजनीतिका थुप्रै कथा जोडिएको छ । तीमध्येको एउटा सत्य कथा १९९१ को चुनावसँग जोडिएको छ । ती उम्मेदवारले आफ्नो चुनाव जित्ने त निश्चित थियो, तर जीतको उत्सव मनाउनका लागि उपस्थित हुन पाएनन् । चुनावको नतीजा घोषित हुनु केही दिन अघिमात्र उनको हत्या भएको थियो । उनको नाम राजीव गान्धी थियो । त्यो वर्ष १९९१ को थियो । दशौं लोकसभाको गठनका लागि चुनाव घोषणा भइसकेको थियो । अनि पूर्व प्रधानमंत्री इंदिरा गान्धीका पुत्र राजीवा गान्धी आफ्नो परम्परागत सीट अमेठीबाट चुनाव लड्दैथिए ।

चन्द्रशेखरले १९९१ को मार्चमा राजीनामा दिइसकेका थिए । भारतमा साम्प्रदायिक धुव्रीकरण र जातीय गोलबन्दी चरम अबस्थामा थियो । भारतीय जनता पार्टीको अगुवाइमा राम मन्दिरको आन्दोलन उछालेको थियो । भारत जातीय और धार्मिक गोलबन्दीको भूमरीमा थियो ।

यस्तो विषम परिस्थितिमा लोकसभा चुनाव हुँदैथियो । मतदानको पहिलो चरण २० मे मा भएको थियो । पहिलो चरणकमा २११ सीटमा मतदान भयो । कूल ५३४ निर्वाचन क्षेत्रका लागि मतदान हुने थियो । पहिलो चरणको मतदान सकिएको भोलिपल्ट राजीव गान्धी चुनाव प्रचारका लागि गएको बेला, चेन्नईबाट ४० किलोमिटर परको श्रीपेरुन्बदूरमा श्रीलंकाली पृथकताबादी समूह लिट्टेको आतंकबादी निशानमा परे । पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई माला लगाइ दिने बहानामा लिट्टले आत्मघाती बम हमला गरेर हत्या गर्याे ।

यो दर्दनाक घटनाले पुरै भारत सन्नाटा छायो । यो अप्रत्याशित घटनापछि चुनाव स्थगित भयो । अन्तमा १२ र १५ मेको वीचमा बाँकी ३२३ सीटका लागि चुनाव भयो । यो चुनावको नतीजा पनि मन छुने खालको रह्यो ।

जुन क्षेत्रमा राजीव गान्धीको हत्या भएको थियो, त्यहाँ कांग्रेसको हालत गिर्दो अबस्थामा थियो । तर गान्धीको हत्या भएपछि जहाँ मतदान भयो, त्यहाँ कांग्रेको पक्षमा जबरजस्त सहानुभूति देखियो ।

कूल खसेको मतमध्ये राजीव गान्धीको पक्षमा ५३ प्रतिशत आयो । गान्धी आफ्नो निर्वाचन क्षेत्र अमेठीबाट मरणोपरान्त विजयी घोषित भए । भारतीय चुनाव आयोगका अनुसार उनले त्यो बेला अमेठीबाट १ लाख ८७ हजार १३८ भोट पाए । उनले कुल खसेको मतमध्ये ५३ दशमलब २३ प्रतिशत मत पाएका थिए ।

दोश्रो स्थानका बीजेपी रविन्द्र प्रतापले, ७५ हजार ५३ भोट पाएका थिए । चुनाव आयोगले गान्धीलाई १ लाख १२ हजार ८५ भोटको अन्तरले विजयी भएको घोषणा ग-यो । यो चुनावमा कांग्रेसलले २३२ सीट जित्यो । पछि चुनाव गराइएको पंजाबको १२ सीट पनि सबै कांग्रसले जित्यो । अर्थात् कांग्रेको कूल संख्या २४४ भयो ।

राजीव गान्धीको हत्यापछि नरसिम्हा राव कांग्रेस संसदीय दलका नेता चनिए । संसदीय दलको नेता बनेपछि नरसिम्हा रावले सानासाना दलको समर्थन लिएर कांग्रेसकै सरकार बनाउने दाबी पेश गरे । रावको दाबी राष्ट्रपतिले स्वीकार गरे । उनकै नेतृत्वमा अल्पमतको सरकार पुरै पाँच वर्ष टिक्यो । गान्धीले चुनाव लडेको अमेठीको उपचुनावमा कांग्रेसबाट टिकट पाएका क्याप्टेन सतीश शर्माले चुनाव जिते ।

यो पनि पढ्नुहोस् 

भारतमा १७ औं लोकसभा चुनावको मतगणना अझै सकिएको छैन । अहिले विहान ६ बजेसम्म कूल ३८ सिटका लागि मत गणना चलिरहँदा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३३२ सिटमा जीत हाँसिल गरिसकेको छ भने १६ सिटमा अग्रता हाँसिल गरेको छ । यसरी हिसाव गर्दा एनडीएले कूल ३४८ सिट ल्याउने सम्भावना देखिएको छ । सुरुवातदेखि नै ३४८ देखि ३५० को बीचमा अग्रता हाँसिल गर्दै आएकोले एनडीएले ३४८ सिट ल्याउने आँकलन गर्न सकिएको हो ।

भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३४८ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ । अर्को तर्फ काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९१ सिटमा जीत हाँसिल भएको छ भने ३ सिटमा अग्रता देखिएको छ । यसमध्ये पनि काँग्रेसको मात्रै ५२ सिटमा जीत र १ सिटमा अग्रता देखिएको छ ।

भाजपा एक्लैको भने २८६ सिटमा विजयी हुँदा १४ सिटमा अग्रता छ । यसबाट भाजपाले इतिहासमा नै पहिलो पल्ट ३०० कटाउने सम्भावना देखिएको छ । यदि अग्रतामा परिवर्तन नहुने हो भने कूल ३०० सिटमा भाजपाले जीत हाँसिल गर्ने देखिएको छ । भाजपा एक्लैले ३०० कटायो भने यो इतिहासमा नै पहिलो पल्ट हो।

अन्य दलहरुको खातामा भने ८१ सिटमा जीत भईसक्दा १९ सिटमा अग्रता देखिएको छ । जसमा उत्तरप्रदेशका समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले क्रमश ५ र १० सिटमा जीत हाँसिल गरेका छन्। अग्रता समाजवादीको शून्य र बहुजनको १ सिटमा छ ।

उत्तर प्रदेशमा भाजपा गठबन्धनले ६१ सिटमा जीत हाँसिल गरिसकेको छ भने २ सिटमा अग्रता देखिएको छ । उत्तरप्रदेशबाट यूपीएकी अध्यक्ष सोनिया गान्धीबाहेक अरु सबै पराजीत भएका छन् । यहाँ काँग्रेसका अध्यक्ष राहुल गान्धी समेत अमेठी निर्वाचन क्षेत्रबाट पराजीत भएका थिए ।

पश्चिम बंगालमा भने अग्रता र जीतको हिसाव गर्दा तृणमूल काँग्रेस २२ स्थानमा र एडीए गठबन्धनका उम्मेदवारहरु १८ स्थानमा विजयी भएका छन् ।

यो पनि पढ्नुहोस् 

गान्धिले राजिनामा दिएपछि भारतमा तरंग, राजिनामा लुकाउँन सोनियाँको यस्तो चलखेल

लोकसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिने तयारी गरेका छन् ।

बहिनी प्रियंका गान्धी र आमा सोनिया गान्धी लगायतका वरिष्ठ नेताहरु संलग्न बैठकमा बिहीबार उनले आफूले राजीनामा दिन तयार रहेको बताएका हुन् । उनले चुनावी हारको सम्पूर्ण जिम्मा आफूले लिने बताएका हुन् ।एक हप्ताभित्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने र उनको प्रस्तावमाथि निर्णय हुने छ ।

यो पनि 

भारतमा लोकसभा निर्वाचनमा काग्रेस आइले लज्जास्पद हार बेहोरे पछि हारको जिम्मा लिँदै काग्रेस आइका अध्यक्ष राहुल गान्धिले पार्टी अध्यक्षको पदबाट राजिनामा दिएका छन् ।भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजीत हुने निश्चित भएसँगै भारतीय काँग्रेसका भारतीय समाचार च्यानल आजतक र एवीपी न्यूजका अनुसार उनले पार्टी संरक्षक सोनिया गान्धी समक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउनु अघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए । राहुल गान्धीको अध्‍यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजीत भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जितेका छन् भने अमेठीमा पूरा मतपरिणाम आउनु पूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजीत भएको स्वीकार गरेका हुन् । अहिलेसम्म चुनाव आयोगले यसको नतिजा सार्वजनिक गरिसकेको छैन।

राहुल गान्धीले आफ्नो हार स्‍वीकार गर्दै लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्मृतिलाई समेत जीतको बधाई दिएका छन् । गान्धी परिवारको परम्परागत सीटको रुपमा मानिने अमेठीबाट समेत हार बेहोर्नु नै उनको राजीनामाको कारण हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले आँकलन गरेका छन् ।

राहुल गान्धीले पत्रकार सम्मेलनको क्रममा भने यसबारे केही पनि बताएका थिएनन् । उनले भने, मैले चुनाव अभियानमा भनेको थिएँ कि जनता मालिक हुन्। आज जनताले आफ्नो फैसला दिएकाछन् । म पीएम मोदीलाई बधाई दिन्छु । हाम्रो तर्फबाट जो उम्मेदवार बने उनीहरुलाई मत दिनेलाई पनि धन्यवाद दिन चाहन्छु । हाम्रो लडाईं विचारधाराको लडाईं हो। हामीले मान्नै पर्छ कि यो चुनावमा मोदीले जितेका छन् । अमेठीमा स्मृति ईरानीले जितेकी छिन् । म चाहन्छु प्यारले अमेठीका जनताको देखभाल गरियोस् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जित भनेर प्रतिक्रिया दिए पछि भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि मुख खोलेका छन् । चुनावी दौरानमा मोदीलाई अबको केहि दिनको मात्र प्रधानमन्त्री भनेर कटु आलोचना गरेका गान्धिले अन्तत चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् ।विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, अर्को क्षेत्रबाट चुनाव जितेका उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।

राहुलको राजिनामा लुकाउँन सोनियाँको चलखेल

भारतीय काग्रेसआइले लोकसभा निर्वाचनमा लज्जासपद पराजय बेहोरे पछि पार्टीका अध्यक्ष राहुल गान्धिले पदबाट राजिनामा दिएका छन् । राहुलले सोनिया गान्धिलाई राजिनामा बुझाएको दावी सहित भारतीय टेलिभिजन च्यानल इण्डिया टीभीले समाचार प्रसारण गरेपछि यस विषयले अहिले भारत भर व्यापक चर्चा पाएको छ ।

राहुलको राजिनामाको विषयमा विभिन्न चर्चा चलिरहँदा स्वयम सोनिया गान्धिले राहुलको राजिनामा लुकाउँन खोजेको समेत चर्चा चलेको छ । लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ ।

भारतीय टेलिभिजन च्यानल, इन्डिया टीभीुले स्रोतको हवाला दिँदै राहुलले सोनिया गान्धीलाई राजिनामा बुझाएको समाचार सम्प्रेषण गरेको छ । सोनियाले राहुललाई अहिल्यै राजिनामा नदिन आग्रह गरेकी थिइन् ।

तर राहुलले राजिनामा दिएको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । स्वयं राहुलले मिडियालाई आफूले राजिनामा दिएको बताएका छैनन् । ‘यो मेरो र सीडब्ल्युसी (कांग्रेस वार्किङ कमिटी) बीचको कुरा हो,’ राहुलले भने ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका राहुलले केरलामा भने चुनाव जितेका छन् ।अमेठीमा पूरा मतपरिणाम आउनु अघि नै आफ्नो प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरेका गरेका थिए।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार ०२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।