Logo

स्वास्थ्य

२४ घण्टामा देशभर १०९६ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या२ लाख ४० हजार ९८१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ५ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ । निको हुनेको संख्या ९३. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।