मोरङ रतुवामाई ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न् । काठमाडौं गोल्डेन गेट कलेजमा फिजिक्समा एमएसि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न्। राजनीतिलाई आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवाहरुबाट स्कारात्मक परिवर्तन देख्छ्न् । तर अबसर जिम्मेवारी पनि दिनुपर्छ ।
बिद्यार्थी आन्दोलनबाट उदाएका उनि सहिलाई सहि र गलत भन्ने तागत राख्छ्न् । दमक बहुमुखी क्यापसबाट आफ्नो राजनीति यात्रा सुरु गरेका बिकास नेविसंघकै संगठन मलजल गर्न मै व्यस्त छन् ।
कांग्रेस उत्पादन गर्ने संगठनको रुपमा चिनिएको नेविसंघलाई बलियो बनाउन बिकासको योगदान अविस्मरणिय रहेको उनका समकक्षीहरु बताउछन् । सामान्यतया कांग्रेसको छोराछोरी नेविसंघ बन्ने परम्परालाई जिवन्तता दिदै गैह्र कांग्रेसको छोराछोरीहरुलाई समेत प्रजातान्त्रिक समाजवादमा गोलबद्ध गराउन उनि सफल बन्दै आएका छन् ।
विद्यार्थी राजनीतिमा मात्र होईन, उनि मातृपार्टी नेपाली कांग्रेसमा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् । विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारी सोहि क्रममा पटक पटक गिरफ्तारीमा समेत परे, प्रहरीको पिटाइ समेत खाएका छन् । तर उनको यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ ।
प्रहरी याताना समेत पटक पटक भोगेका विद्यार्थी नेता भण्डारी सत्ता र शक्तिको आडमा कसैलाई मनपरी गर्ने छुट नभएको बताउछ्न् । नेपाल प्रहरीलाई उनि नेकपा प्रहरी भन्दै नेबिसङमाथीको हस्तक्षेत तत्काल नरोकिए प्रहरी विरुद्ध आन्दोलनको तयारी थाल्ने चेतावनी दिन्छ्न् ।
गुटको राजनीतिबाट माथि उठेर विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने बिकास कुन्दन काफ्लेलाई आफ्नो राजनीति गुरु मान्छ्न् । नेबिसघ महाधिवेशनको बिसयमा उनि पार्टीले अनावश्यक हस्तक्षेप गरेको बताउदै भन्छ्न्, बिधान कार्यन्वन नगर्ने भए किन बिधान बनाउने ? के काङ्ग्रेसको शिर्ष नेताहरु नेबि सघकै राजनीतिबाट स्थापित भएका होइन र ?




















प्रतिक्रिया