चीनको वुहानमा महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोप १८ देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी संकटकाल घोषणा गरेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा कोरोनाको प्रकोप महामारीका रूपमा फैलिन सक्ने भन्दै डब्लुएचओको आपत्कालीन बैठकले संकटकाल घोषणा गरेको हो ।
‘चीनमा के भयो भन्दा पनि अरू देशमा के भइरहेको छ भन्नेमा बैठक बढी केन्द्रित रह्यो,’ डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले भने, ‘कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसले महामारीको रूप लिन सक्छ । सबैले विशेष ध्यान दिनुपर्छ ।’
डब्लुएचओले सचेत गराएसँगै सरकारले कोरोनाको सम्भावित संक्रमण रोक्न भन्दै तीन समिति गठन गरेको छ । शुक्रबार आकस्मिक बैठक बसेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति बनाएको छ । त्यस्तै, स्वास्थ्यसचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर, मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन गरेको छ । डब्लुएचओले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेपछि नेपालले थप सजगता अपनाउन उच्चस्तरीय समिति गठन गरेको सिंहले बताए ।
कोरोनाबाट जोगिन त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा सञ्चालन गरिएको हेल्थ डेस्क प्रभावकारी बन्न सकेको छैन । विमानस्थल हुँदै भित्रिने सबैको ज्वरो परीक्षण नै हुन सकेको छैन । डेस्कमा ज्वरो नाप्न एउटा मात्रै थर्मल स्क्यानर भएकाले धेरै व्यक्ति त्यसलाई छलेर बाहिरिने गरेको चिकित्सकहरू बताउँछन् । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया