Logo

स्वास्थ्य

त्रिशूली अस्पतालमा सघन उपचार सेवा



त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष  सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको  जानकारी दिनुभयो  । “दश श्ययायको सघन उपचार सेवा अन्तर्गत अस्पतालले दुई वटा भेन्टिलेटरसहित तत्कालको लागि छ श्ययाको सघन उपचार कक्ष र चार श्ययाको अक्सिजन श्यया (हाई डिपेन्डेन्सी युनिट-एचडीयू) सेवा शुरु भएको छ”!, उहाँले भन्नुभयो, “सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने यही पुस ७ गते वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुहुनेछ ।” 

अस्पतालले कोभिड-१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसगैँ  दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो । 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको  अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन् ।

अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ । यसका लागि सांसद नारायण खतिवडाले विशेष पहल गर्नुभएको थियो ।   

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।