Logo

समाचार

थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि



रौतहटमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ। बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो।

चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएका युवामा पीसीआर रिपोर्ट पोजेटिभ आएको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवले जानकारी दिए। ‘जनकपुरमा एक पटक पीसीआर गरिएको थियो त्यसमा नेगेटिभ थियो तर फेरी टेकुमा पोजेटिभ आएको छ,’ उनले भने।

वैशाख ६ गते गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएसँगै कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको यादवले बताए।

प्रादेशिक ल्याब जनकपुरबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।