नेपालमा ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिसकेको छ ।
अब ९ जिल्ला मात्रै संक्रमणबाट जोगिएका छन् । इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पामा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेशमा ५ मा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये कपिलवस्तुका मात्रै ४४ जना रहेका छन् । अर्का एक जना चाँही गुल्मीका हुन् । कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं. ७ का ८ महिनादेखि ५२ वर्षसम्मका २९ जना रहेका छन् ।
त्यस्तै, महाराजगञ्ज १० का १३ जना र वडा नं. ९ का २ जना गरी १५ जना १६ देखि ४८ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यशोधरा गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय ३५ जना पुगेको छ । महाराजगञ्ज नगरपालिकामा संक्रमितको संख्या ६५ पुगेको छ ।
कपिलवस्तुमा पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ सय ७५ जना पुगेको छ भने ३२ जना निको भएका छन् ।




















प्रतिक्रिया