Logo

कर्णाली प्रदेश

तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी पक्राउ



दाङको तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको हो ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।