Logo

स्वास्थ्य

२४ घण्टामा ७ सय ४२ जना संक्रमित भेटिए



पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

त्यस्तै सोमबार एकै दिन थप ७ जना संक्रमितको मृत्यु भएको छ ।  यो सँगै मृतकको  संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको कोरना परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १६:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।