Logo

स्वास्थ्य

पर्सामा थप २६ जनामा कोरोना संक्रमण



पर्सामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

संक्रमित हुनेहरुमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रहेका छन् । बिहीबार राति थप २६ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १२:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।