Logo

स्वास्थ्य

कोरोना संक्रमितहरुको संख्या घट्दै, आइतबार थप ४८१ जनामा संक्रमण



पछिल्लो २४ घण्टामा नेपालमा थप ४८१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ, यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै गत २४ घण्टामा ७३१ जना संक्रमित निको भई घर गएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।

आइतबार थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ८२५ पुगेको छ । 

नेपालमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घटेको देखिन्छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल ३६९ सय जना क्वारेन्टाइनमा छन् ।

 

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।