Logo

स्वास्थ्य

थपिने भन्दा डिस्चार्ज हुने क्रम बढ्दै, २४ घण्टामा ६५९ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको कोरोना परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ । 

त्यस्तै, सोमबार ७ सय १८ जना उपचारपछि डिस्चार्ज भएर घर गएका छन्, भने यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको समेत मन्त्रालयले जनाएको छ ।    

गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । 

गत आइतबार ४८१ जना संक्रमित थपिएका थिए, भने ६ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।