Logo

स्वास्थ्य

भारतमा कोरोना भाइरसको नयाँ लहर : २० जना संक्रमित, नेपालमा कति जोखिम ?



कोरोना भाईरस नसेलाउदैं अर्को नयाँ भाईरसको जोखिममा रुमालिनु परेको छ । भारतमा कोरोना भाइरसको नयाँ लहर सुरू भएको छ । भारतमा कोरोना भाइरसको नयाँ स्ट्रेन सुरू भएको हो, जसबाट अहिले सम्म २० जना संक्रमित भइसकेका छन् । उक्त भाइरस बेलायतमा सेप्टेम्बरमा देखा परेको थियो ।

गत हप्ता मात्रै भारतबाट बेलायतको उडानहरू अस्थायी रूपमा बन्द गरिएको थियो । भारतीय सरकारका अनुसार २५ नोभेम्बरदेखि २३ डिसेम्बरका बिच बेलायतबाट भारत आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको  छ ।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा नीति डा. विके पालने भने, ‘भाइरसको सुरूवाती चरणमा काबु लिन सहज छ तर एक पटक संक्रमण फैलियो भने नियन्त्रणमा लिन मुश्किल पर्छ । कोरोनाको नयाँ स्ट्रेन अमेरिकामा पनि देखिन थालेको छ । नेपालमा पनि सजगता नअपनाए उक्त भाइरस भित्रन सक्ने विज्ञहरूको अनुमान रहेको छ ।

 

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।