Logo

स्वास्थ्य

२४ घण्टामा ४१९ संक्रमित थपिए, ६ को मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । 

जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।