Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।