Logo

स्वास्थ्य

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो, अदालतले  दिएन अन्तरिम आदेश 



कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ। मंगलबार सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।

गत असोज २८ गते पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट निवेदन दायर भएको थियो । 

यसअघि पटक पटक सुनुवाइ सरे पनि मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

शैक्षिक सत्रको सुरुमा कोरोना महामारीका कारण कक्षा सञ्चालन गर्न नपाएको अवस्थामा पाठ्क्रमको विवाद बल्झिदा विद्यालय सञ्चालक, शिक्षक र विद्यार्थी समेत अन्योलमा पर्दैै आएका थिए।

नेपालमा दस दस वर्षमा पाठ्यक्रम परिमार्जन हुने व्यवस्था अनुसार शिक्षा मन्त्रालयको स्वीकृततिमा पाठ्यक्रम विकास केन्द्रले यो वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।