Logo

स्वास्थ्य

कोरोना अपडेट : थप ४०३ संक्रमित, ४०५ संक्रमणमुक्त, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।