Logo

स्वास्थ्य

२४ घण्टामा मात्र २८३ जना संक्रमित, ९८ प्रतिशत निको



पछिल्लो २४ घण्टामा देशभर थप २८३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

बुधबार ४ हजार ३८२ जनाको स्वाब परीक्षण गर्दा  ११४ महिला र १६९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै, गत २४ घण्टामा थप २४६ जना डिस्चार्ज भएका छन् । यो ९८ प्रतिशत हो । हालसम्म नेपालभर २ लाख ६५ हजार ०६९ जनाले कोरोना जितेका छन् ।

बुधबार थप ३ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।  यस्तै १२२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २८६ जना आइसोलेसनमा छन् ।

अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।