Logo

स्वास्थ्य

२४ घण्टामा १५७ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर थप १५७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

शुक्रबार ३ हजार २२१ जनाको स्वाब परीक्षण गर्दा  ५९ महिला र ९८ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै, गत २४ घण्टामा थप ३३३ जना डिस्चार्ज भएका छन् । यो ९८.१ प्रतिशत हो । हालसम्म नेपालभर २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् ।

बुधबार थप ५ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।  यस्तै १११ जना क्वारेन्टिनमा छन् भने ३ हजार २२ जना आइसोलेसनमा छन् ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।