नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।
आइतबार थप दुई जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेहरुको संख्या २ हजार २९ पुगेको छ ।




















प्रतिक्रिया