Logo

स्वास्थ्य

कोरोना अपडेट : थप १७१ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार २८९ पुगेको छ । विगत २४ घण्टामा थप २ हजार ९४६ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६६ हजार ८५९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर दुई हजार ४०० सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।