Logo

कोशी प्रदेश

तुम्बाम्फेलाई सभामुख बनाउन मोरङको स्थानीय तहको उपप्रमुखहरुको माग



मोरङको आठ वटा स्थानीय तहको उपप्रमुखहरुले संघीय सभाको उपसभामुख डा. शिवमाया तुम्बाम्फेलाई नै सभामुख बनाउन नेकापा पार्टी समक्ष माग गरेका छन ।

आज नेकपाको मोरङ जिल्ला समिति मार्फत केन्द्रीय समितिलाई ध्यानआकर्षण पत्र बुझाउदै डा. तुम्बाम्फेलाई सभामुख बनाउन पहल थालेका हुन ।

यसरी पहल थाल्ने उपप्रमुखहरुमा पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारी नगरको लक्ष्मीदेवी भण्डारी , बेलबारी नगरको ढाकाकुमारी पराजुली, मिक्लाजुङ गापाको उपप्रमुख सरला राई , रतुवामाई नगरपालिका दमयन्ता चुडाल, केराबारी गाउँपालिका उपप्रमुख शान्ति लिम्बु भुजेलले डा तुम्बाम्फेलाई नै सभामुख बनाउने पर्ने माग राखेका हुन ।

ध्यानआकर्षण पत्रमा डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्तीले आफूहरुलाई बढी गम्भीर बनाएको उल्लेख छ ।

तुम्बाम्फे विद्यार्थीकालदेखि परिपक्व नेता, सफलतापूर्ण उपसभामुखको जिम्मेवारीमा रहेको र राजनीतिक बैचारिक निर्दिष्टकोणले पनि सभामुखको जिम्मेवारी प्रदान गर्नुपर्ने उल्लेख छ ।

उहाँमा विषयगत योग्यता, क्षमता, सामाजिक जीवन, राजनीतिक योगदान, संगठनात्मक भूमिका, निरन्तरता, क्रियाशीलता, राजनीतिक इमान र निष्ठाको बिम्ब भएको उल्लेख छ ।

“श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युताउँन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ उपप्रमुखहरु विस्वास्त्त छौ ।” विग्यप्तिमा भनिएको छ “पार्टी वैज्ञानिक छ, निर्णय प्रक्रियमा जानुअघि नेतृत्वले निकै विवेक राख्ने गरेको छ ।”

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।