Logo

प्रमुख समाचार

प्रदेश ५ का प्रमुख प्रतिपक्षी दलका नेता पाखरेलको निधन



प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनको रूपन्देहीस्थित आफ्नै निवासमा निधन भएको बताइएको छ । फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएपछि विगत एक वर्षदेखि नेता पोखरेल सक्रिय राजनीतिभन्दा टाढा थिए ।

गत माघमा काठमाडौंस्थित हेम्स् अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा पोखरेलको फोक्सोमा क्यान्सर देखिएको थियो । नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर गरे पनि स्वदेशमै उपचार गर्नुपर्ने भन्दै उनी उपचारका लागि भारत जान मानेका थिएनन् ।

नेता पोखरेल प्रदेश ५ का जेष्ठ सांसद थिए । जेष्ठ सदस्य भएकोले उनले सभामुखकै हैसियतमा सांसदहरूलाई सपथ खुवाएका थिए । प्रदेश सरकारले केही सभापतिहरू र प्रतिपक्षी दलका नेतालाई उपलब्ध गराएको गाडी खरिदमा अनियमितता भएको आलोचनापछि पोखरेल गाडी फिर्ता गरेर संसद् भवनबाट रिक्सा चढेर घर गएका थिए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।