काठमाडाैँ । के तपाईं १२ कक्षा उत्तीर्ण आफ्ना सन्तानको गुणस्तरीय शिक्षाको विषयलाई लिएर चिन्तित हुनुहुन्छ ? त्यसो भने काठमाडौंमा शुरु भएको शैक्षिक मेलामा गएर परामर्श लिनुस् ।
प्रज्ञा प्रतिष्ठानको हातामा शुरु भएको शैक्षिक मेलामा देश, विदेशको पठनपाठनका विषयमा उचित परामर्श उपलब्ध हुनेछ ।
जहाँ काठमाडौंमा रहेका ख्यातीप्राप्त ३१ वटा कलेजका स्टल राखिएका छन् । विदेशी कलेजमा प्राप्त हुने छात्रवृत्तिका विषयमा समेत जानकारी दिइने छ ।
शिक्षाक्षेत्रमा काम गरेका बौद्धिक व्यक्तित्वहरुको प्रवचन, जादू , ज्ञानमूलक खेलकूद र गीतसंगीतको भरपूर मनोरञ्जन मेलामा पाइने छ । मेला माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।























प्रतिक्रिया