Logo

प्रदेश

गोली हानेर श्रीमतीको हत्या



बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।

बुधवार राति ३३ वर्षिया श्रीमती सुन्तु रोकायालाई ४० बर्षिया श्रीमान गोरख रोकायाले भरुवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सन्तुको भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा लास फेला परेपछि बिहिबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी लगत्तै गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकायालाई एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए । मृतक सन्तुको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धान थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको कमाण्डमा टोली घटना स्थलतिर गएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।