Logo

प्रदेश

बोक्सी धपाउन बाख्रा काट्न लगाउने धामीको मासु अड्किएर मृत्यु



बोक्सी भगाउने भन्दै बाख्रा काट्न लगाएर खाँदा त्यही बाख्राको मासु घाँटीमा अड्किएर एक धामीको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका १३ का ६९ वर्षीय देविलाल कामिको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरस्थित स्थानीय बलराम कवरको घरमा धामीझाँक्री गर्न गएका थिए । उनले बोक्सी भगाउने भन्दै बाख्रा काट्न लगाएका थिए ।

शनिबार राति पूजा सकेर आइतबार बिहान तीन बजेतिर बाख्राको मासु खाने क्रममा घाँटीमा अड्किएपछि राती नै उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।