Logo

अन्तर्राष्ट्रिय

किमको जीवन खतरामा परेकै हो ? जासुसी सुत्रहरूको यस्तो दावी



उत्तर कोरियाली नेता किम जोङ उन १५ अप्रिलमा आफ्ना हजुरबुबा किम इल सुङको जन्मोत्सव कार्यक्रममा सहभागी नभएपछि शंका उब्जिएको छ । दक्षिण कोरियाली तथा चिनियाँ अधिकारी तथा जासुसी सुत्रहरूले भने मुटुको शल्यक्रिया गरिएको भनिएका किमको अवस्था गम्भीर रहेको भन्ने कुरामा आशंका व्यक्त गरेका छन् ।

प्रायः सार्वजनिक समारोहमा कमै देखिने किम ११ अप्रिलमा उनी एउटा बैठकमा सहभागी भएका थिए । त्यसपछि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । किमको अवस्था बारे त्यहाँका राज्य नियंत्रित सञ्चारमाध्यमले आफ्ना नेताको उपस्तिथिको बारेमा कुनै समाचार प्रकाशित गरेका छैनन् ।

चेन स्मोकर समेत रहेका किमको मुटुको शल्यक्रियाका कारण गम्भीर रहेको आशंका गरिएपनी कुनै जासुसी संयन्त्रले ठोस धारणा तय गर्न सकेका छैनन् । ह्वाइटहाउस देखि दक्षिण कोरिया, जापान र चिनियाँ जासुसी संयन्त्रले किमको नयाँ अपडेट पत्ता लगाउन हरसम्भव कोशिश गरिरहेको बताइन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार ०८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।