Logo

प्रदेश

नेपालगञ्जमा १६ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि



नेपालगञ्जमा शुक्रबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थपिएका संक्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा संक्रमण फेला पत्ता लागेको हो । योसँगै संक्रमित संख्या १०२ पुगेको छ ।

कुल संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन् । कुल ७२ जना संक्रमित उपचाररत छन् । ३० जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।