Logo

समाचार

सिमावर्ती जिल्लाहरूमा कोरोना जोखिम बढेसँगै लकडाउन कडाइ गर्न तरुण उपाध्यक्षको सुझाव



भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै लकडाउन कडाइ गर्न तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले सुझाव दिएका छन् ।

यो सँगै भारतबाट आउने व्यक्तिहरूको सबैले निगरानी राख्न तथा क्वारेन्टाइन राख्ने र सामाजिक दुरी कायम गर्नुपर्ने समेत उनको सुझाव छ । साथै लकडाउनको पूर्ण पालना गर्न समेत उनले आग्रह गरेका छन् ।

तराईका सम्पूर्ण जिल्लाहरू सहित काठमाडौ उपत्यका र जोखिममा रहेका जिल्लाहरूमा पनि लकडाउनमा कडाइ गर्न सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने समेत उनको भनाइ छ ।

यो सँगै लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका नागरिकलाई स्थानीय सरकार मार्फत राहत वितरण गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार २१:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।