Logo

प्रमुख समाचार

कोरोना प्रभाव: काठमाडौ, भक्तपुर र ललितपुर सिल गर्ने सरकारको तयारी



केहि दिनदेखि क्रमश: खुकुलो बनाउँदै लगिएको उपत्यका सहित देशभरको लकडाउन कडाइ पार्दै लगिएको छ ।

मंगलवार मात्रै उपत्यकामा ३ जना कोरोना संक्रमित भेटिएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौ, भक्तपुर र ललितपुर सिल गर्ने तयारी थालेको गृहमन्त्रालय स्रोतले जनाएको छ । यस बिषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग आवश्यक छलफल भएको स्रोतले जानकारी दियो ।

उपत्यकाका कोरोना संक्रमित देखिएसँगै जनस्वास्थ्य विज्ञहरूले भने यस्तो अवस्थामा उपत्यकामा कर्फ्यु लगाउन सुझाव दिएका छन् । उपत्यकामा भेटिएका तिनै जना संक्रमित लकडाउन पछि उपत्यका छिरेको समेत खुलेको छ । ती मध्ये भक्तपुरका दुई र काठमाडौ चन्द्रागिरी नगरपालिकाकी एक महिला छिन् ।

यस्तै भक्तपुर निवासी २५ वर्षीया महिला पनि सुनसरीबाट वैशाख २९ गते उपत्यका छिरेकी थिइन् । उनी मोटरसाइकलको पास बनाएरै काठमाडौ आएकि थिइन् । यस्तै भक्तपुरका अर्का संक्रमित पनि तराईबाटै उपत्यका आएको खुलेको छ । सुनसरी बाट आएकी महिला भक्तपुर ठिमीमा बसोबास गर्ने गरेको खुलेको छ भने पुरुष भक्तपुरको दुवाकोटमा बसोबास गर्ने गरेको खुलासा भएको छ । उनी पूर्वगृहमन्त्री एंव नेकपा नेता भिम रावलको घरमा खटिएका सशस्त्र प्रहरी भएको समेत पुष्टि भएको छ ।

२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।

यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ।

लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।