Logo

प्रमुख समाचार

सबै सवारी पास खारेज गर्ने गृहमन्त्रालयको निर्णय



गृह मन्त्रालयले सबैखाले पास खारेज गरिदिएको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन् । काठमाडौं, भक्तपुरमा कोरोनाका संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।