Logo

प्रमुख समाचार

पुनः १५ दिन लकडाउन थप गर्ने सरकारको तयारी



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको अवधि पुनः १५ दिन थप गर्ने तयारी गरेको छ ।

छिमेकी मुलुक भारतले समेत मे १७ सम्म जारी लकडाउनलाई जूनसम्म लम्ब्याउने तयारी गरेको तथा देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको भन्दै सरकारले लकडाउनको अवधि थप्ने तयारी गरिएको जनाइएको छ ।

आगामी जेठ ५ गतेसम्मलाई कायम गरिएको लकडाउनको अवधि १५ दिन थप्ने तयारीसँगै आगामी जेठ २० गतेसम्म लकडाउन कायम रहनेछ ।

यो बीचमा सरकारले आवश्यक सावधानी र सुरक्षाका उपाए अपनाएर सञ्चालन गर्न दिएका ४४ प्रकारका उद्योगहरूको बिषयमा समेत पुनर्विचार गर्ने सरकारको तयारी छ । अवस्था केही सहज भएको ठानेर सञ्चालनको अनुमति दिइएको भएपनि अवस्था नियन्त्रण बाहिर जान लागेको ठहर गर्दै उक्त निर्णयमा पुनर्विचार गर्ने तयारीमा सरकार लागेको हो ।

लकडाउनको पालनामा लापरबाही गरेकै कारण कोरोना भाइरस समुदायसम्म फैलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै लकडाउन कडाइ गर्न कडा निर्देशन दिएपछि लकडाउनमा कडाइको साथै लकडाउनको अवधि थप्ने तयारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार २०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।