Logo

कोशी प्रदेश

उदयपुरमा चट्याङ लागेर एकजनाको ज्यान गयो



 

उदयपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लीलाबहादुर सुनुवार रहेका छन् ।

बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार ०८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।