Logo

प्रमुख समाचार

२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो



नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । नेपालमा हालसम्म ९२ हजार ४ सय ४० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाको छ ।

प्रवक्ता देवकोटका अनुसार पीसीआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ जनाको परीक्षण गरिएको जानकारी दिए ।

गत २४ घण्टामा पीसीआर विधिबाट २५७९ तथा आरडिटी विधिबाट २६६४ जनाको परीक्षण गरिएको उनले बताए ।

हालसम्म ३६ जना संक्रमित सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।