Logo

प्रमुख समाचार

थप १० जनामा कोरोना, संक्रमितको संख्या दुई सय ९१ पुग्यो



नेपालमा कोरोना संक्रमितको संख्यामा आईतबार १० जना थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको दुई सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा–९ निवासी १८,३२,३६,३९,३९,४२ र ४८ बर्षिय पुरुषहरु रहेका छन् ।

त्यस्तै, अन्य संक्रमितहरुमा रौतहटकै इश्वरनाथ नगरपालिका–३ र ५ निवासी २८,३० र ३३ बर्षिय पुरुष रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार ०८:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।