प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सांझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिनेछ । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ । अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ ।
मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिको बैठक बोलाइएको छ । उक्त बैठकले लकडाउनका मोडालिटीबारे छलफल हुने जनाइएको छ ।
समितिको सुझावका आधारमा मन्त्रिपरिषदले मोडालिटि र लकडाउनको अवधीबारे निर्णय गर्नेछ।




















प्रतिक्रिया