Logo

प्रमुख समाचार

कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त कदम चाल्ने प्रधानमन्त्रीको घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त बनाउने घोषणा गरेका छन ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने घोषणा गरेका ।

सिन्धुपाल्चोकमा एक जना सुत्केरीको कोरोनाबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् ।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ ।’

K P Sharma Oli

✔@kpsharmaoli

कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

262 people are talking about this

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार १०:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।