Logo

प्रमुख समाचार

फेरि थपिए तीन जना कोरोना संक्रमित



नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्ज र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप तीनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका तीन जनामध्ये एकजना बाँके नरैनापुर–३ का ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा–३ की ४२ वर्षीय महिला र कपिलवस्तुको शुद्धोधन गाउँपालिकका १९ वर्षीय पुरुष छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ५७ पगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार २०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।