Logo

प्रमुख समाचार

विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै



विदेशमा रहेका नेपाली फिर्ता र व्यवस्थापनको बिषयमा छलफल गर्न आज (शुक्रबार) बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम तथा विदेशमा अलपत्र नेपालीका समस्या र नेपाल फिर्ता गर्ने बारे छलफल हुने बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

केही दिनअगाडि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीका बारेमा छलफल भएको थियो । ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ०८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।