Logo

प्रदेश

कोरोनाबाट प्रभावित बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने



कोरोना भाइरसको संक्रमणबाट प्रभावित बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गरिने भएको छ ।

आइतबार बसेको बाँके जिल्ला सुरक्षा समितिको वैठकले नरैनापुरको स्थितीलाई नियन्त्रणमा राख्नका लागि उक्त गाउँपालिकामा निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरेको हो । आज रातिदेखि उक्त गाउँपलिकालाई निषेधित क्षेत्र घोषणा गरी सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिको वैठकले गरेको हो ।

उक्त गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना संक्रमित छन् । संक्रमितलाई अस्पताल लैजान नदिने र हुलहुज्जत गर्ने काम भएपछि शनिबार गाउँपालिकाले केन्द्र सरकारलाई गुहारेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।