Logo

अन्तर्राष्ट्रिय

कोरोना संक्रमितको उपचार गर्न बेलायतले दियो यो औषधि प्रयोगको स्वकृति



कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने देखिएको इबोलाविरुद्धको औषधि रेमडिसिभियरको प्रयोगका लागि बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले स्वीकृति दिएको छ ।

रेमडिसिभियरले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचार अवधि छोट्याउने अर्थात यो औषधि दिइएका बिरामी चाँडो निको हुने देखिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले रेमडिसिभियरको प्रयोग स्वीकृत गर्नु कोरोना भाइरसको महामारी सुरु भएयता यसको उपचारको पक्षमा भएको सबैभन्दा ठूलो निर्णया रहेको बताएका छन् ।

इबोलाको उपचारका लागि प्रयोग भएको रेमडिसिभियर एन्टी–भाइरल औषधि हो । बेलायतका नियामकहरुले रेमडिसिभियरलाई कोरोना भाइरसविरुद्धको उपचारमा प्रयोग गर्नका लागि आवश्यक सबै प्रमाण रहेको बताएका छन् ।

तत्कालका लागि यो औषधि अनुसन्धानले सबैभन्दा धेरै प्रभावकारी हुने देखाएका समूहमा मात्रै प्रयोग हुनेछ । अमेरिका र जापानमा यसअघि नै यो औषधिको प्रयोग सुरु भएको छ । अमेरिकी कम्पनी गिलियाडले यो औषधि उत्पादन गरेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।