देशमा लगातार कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेसँगै अस्पतालहरू भरिन थालेका छन् । संक्रमितको संख्या बढेर अस्पताल भरिन थालेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले संक्रमितको अवस्था हेरेर अस्पतालमा राख्ने या ‘होम आइसोलेशन’ मा राख्ने निर्क्यौल गर्ने तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अब झन् सतर्क हुनुपर्ने बेला आएको बताए । उनले संक्रमितको अवस्था हेरेर अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था हुने बताए । उनले होम क्वारेन्टाइनमै पनि संक्रमित बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन भने ।
संक्रमित बढेसँगै भ्यान्टिलेटरमा समेत दबाब पर्न सक्छ । देशमा एकै दिन १७० संक्रति बढेर कुल संख्या १२१२ पुगिसकेको छ । संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।




















प्रतिक्रिया