Logo

प्रमुख समाचार

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो



थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् । उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

त्यस्तै, आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।