इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले नेपालको कोराना परिक्षण प्रविधिमाथि प्रश्न उठाएका छन् । स्रोत नभएका कारण आउटडेट भइसकेको मेसिहरुको प्रयोग जारी राख्नुपर्ने बाध्यता नेपाल सामु रहेको उनको भनाई रहेको छ ।
नेपाली रेडियो नेटवर्कमा प्रशारित अन्तरवार्ताको क्रममा डा. पाण्डेले एउटा पीसीआर मेसिनले ९० जना भन्दा बढीलाई परिक्षण गर्न नमिल्ने चिकित्सकीय मान्यता रहेपनि नेपालले यसलाई कार्यन्वयनमा लान नसकिरहेको जनाए ।
उनले सामान्य किट र अरु चिकित्सकिय सामाग्री समेत खरिद गर्न समस्या भएरहेको अवस्थामा नयाँ पीसीआर मेसिन खरिद गर्ने कुरा सम्भव नदेखिएको दावीसमेत गरेका छन् । आउटडेट भएको मेसिले कति काम गर्छ यसमा यकिन गर्न पनि चिकित्सकहरुलाई गाह्रो भइरहेको उनको भनाइ छ ।
अहिले देखिएका संक्रमितहरु सवै विरामी नभएको र उनिहरुलाई विरामी भन्न नमिल्दै भन्दै पाण्डेले संक्रमित देखिएको धेरैलाई क्वारिन्टनमा भन्दा घरमा राख्दा सुरक्षित हुने उनको भनाई छ । सरकारी अस्पताल र सरकारी स्रोतले मात्रै अब धान्न सकिने अवस्था नभएको र सुविधा भएका निजि अस्पताललाई दिनुपर्ने धारणा उनको धारणा छ।
उनले नेपाल भएका कुटनीतिक नियोगका पदाधिकार र डिप्लोम्याटहरुको पनि परिक्षण गर्नुपर्ने भन्दै अहिले भएको धेरै जसो क्वारेन्टिलाई आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिएको बताए । क्वनरिन्टनलाई आइसोलेसनमा परिणत नगरे अब आउने संक्रमितलाई उपचार गर्ने ठाँको अभाव हुने पाण्डेको भनाई छ ।
उनले भने,‘कोरोनाबिरुद्ध सरकारले काम नगरेको भए यत्रो मान्छे परिक्षण हुने थिएनन् । निजि अस्पताललाई कोरोनाको जिम्मा दिनुपर्छ । मिलेर काम गर्नुपर्छ । २१ वाटा मात्र ल्याव छन् हामीसंग । पीसीआरको पनि टाइम सकियो । एउटा पीसीआरले ९० जना भन्दा बडी परिक्षण गर्न मिल्दैन’ ।




















प्रतिक्रिया