Logo

प्रमुख समाचार

असार १ देखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव !



कोभिड – १९ क्राइसिस म्यानेजमेण्ट टिम (सिसिएमसी) ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्न प्रस्ताव गरेको छ ।

सिसिएमसीले तयार गरी कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा पेश गरेको प्रस्तावमा कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई उडान खुल्ला गर्न प्रस्ताव गरिएको छ ।

समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव लागू हुने छ । प्रस्तावअनुसार निर्णय भएमा असार १ देखि आन्तरिक उडानका जहाजहरु उड्न थाल्नेछन् तर कुल क्षमताको ४० प्रतिशतमात्र यात्रु राखेर । यो नियमअनुसार ७२ सिट क्षमता भएको जहाजमा २८ जनालेमात्र एकैपटक यात्रा गर्न पाउने छन् ।

यद्यपी एयरलाइन्सहरुले सिमित क्षमतमा जहाज उडान सम्भव नहुने प्रतिक्रिया दिंदै आएका छन् । उडान खुला भएपछि यात्रु तथा एयरलाइन्सहरुले पालना गर्नुपर्ने निर्देशिकता नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै तयार पारिसकेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।