सरकारले पछिल्लो समय लकडाउनलाई खुकुलो बनाउदै लैजाने भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नलागि गरिएको करिब तीन महिनापछि लकडाउनलाई केही खुकुलो पार्दै लैजाने तयारी गरेको हो ।
कोरानो भाइरस उच्चस्तरीय समितिका शुक्रबार बसेको बैठकले कम्तिमा एक मिटर भौतिक दुरी कायम गर्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्दैै लकडाउन खुकुलो बनाउन सकिने गरी विज्ञहरुसँग छलफल गरेको थियो ।
विज्ञहरुले पनि आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि भए पनि सामाजिक दुरी कायम राखेर लकडाउन खुकुलो पार्न सुझाव दिएका थिए ।
विभिन्न विज्ञहरुको सुझावलाई ध्यानमा राख्दै सरकारले एक आइतबारबाट एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी भौतिक दुरी कायम राखेर छोटो दुरीको सवारी साधन चल्न दिने बताएको छ ।
सार्वजानिक सवारी साधन कसरी चलाउदाँ कोरोना भाइरसको संक्रमणबाट कसरी भौतिक दुरी कायम राख्ने भन्ने विषयमा यातयात व्यवस्था विभागले एउटा छुट्टै निर्देशिका तयार पारेको छ ।
सरकारले निर्देशिका तयार पार्दा यातयात व्यवसायी, ट्राफिक प्रहरी यातयातसँग सम्बन्धित निकायहरुसँग छलफल गरेर निर्देशिका तयार पारेको यातयात व्यवस्था विभागका महादिर्नेशक गोगन हमालले जानकारी दिए ।
विभागले तयार पारेको प्रारिम्भिक निर्देशिकतामा यात्रुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चालक सहचालकले सुरक्षाको समाधानी अपनाएको हुनुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्न नपाइने, सिटमा पनि दुरी कायम गर्नेगरी बस्नु पर्ने, सवारी साधनमा अनिवार्य रुपमा डिसस्प्रेन्सन ( औषधि ) टिप नै पिच्छे छिट्नु पने लगायतको निर्देशिका तयार पारेको हमालले बताए ।
विभागले तयार पारेको निर्देशिका सबै प्रदेश कार्यलय यातयात कार्यलय व्यवसायी चालक लगायतलाई कडाइका साथ लागु हुने बताए ।
त्यस्तै सवारी साधनमा जोरविजोर प्रणालीमा सञ्चालन गर्ने गरी निर्देशिकता तयार पारिएको छ । यात्रुलाई अनिवार्यरुपमा एकमिटरको दुरी कायम गरेर यात्रु चढाउने र ओराल्ने गर्नु पर्ने छ ।
‘कसरी हुन्छ सार्वजानिक सवारी साधनबाट हुने जोखिमलाई कम गर्नका लागि सकेसम्म विभिन्न उपाय अपनाउने छौं र प्रदेशस्तरबाट स्थानिय तहबाट अनुगमन गर्ने उक्त निर्देशिका लागु गर्ने छौ,ं हमाले भने ।




















प्रतिक्रिया