नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
संक्रमितमध्ये ४६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया