Logo

प्रमुख समाचार

हिमानी ट्रष्टद्वारा धनगढी उपमहानगरपालिकालाई स्वास्थ सामाग्री सहयोग



पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्ट काठमाडौले कैलालीको धनगढी उपमहानगरपालिकालाई कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

देश र नागरिकको सेवामा निरन्तर क्रियाशिल हिमानी ट्रष्टका स्थानीय स्वयंसेवकहरुको उपस्थितिमा १ सय थान पिपीई, २ हजार ५ सय थान सर्जिकल माक्स, दुई हजार ५ सय थान ग्लोब्स, एक लाख मुल्य बराबरको साबुन, १ लाख बराबरको पानी लगायतका कोरोना नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक रहेका अन्य सामाग्री समेत हस्तान्तरण गरेको हो ।

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेर नागरिकको जीवन रक्षामा सहभागी हुन पाउँदा गर्व लागेको हिमानी ट्रष्टका स्थानीय स्वयंसेवकहरुले जनाएका छन् ।

आगामी दिनमा समेत सक्रियता पूर्वक नागरिकको सेवामा तल्लीन रहने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।